नियम ५
पीडितसँग सोधपुछ गर्न सक्ने
(१) कुनै उजुरी पीडित बाहेक अन्य व्यक्तिले दिएको भए उजुरी सुन्ने निकायले आवश्यकतानुसार सम्बन्धित पीडितलाई आफू समक्ष झिकाई सोधपुछ गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम गरिएको सोधपुछ सम्बन्धी कारबाही सम्बन्धित उजुरी सुन्ने निकायले गोप्य राख्न सक्नेछ ।